९९.९ प्रतिशत नेता कार्यकर्ता कांग्रेस एकताको पक्षमा छन् : नैनसिंह महर
lokaantar.com

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत उनले कांग्रेसलाई अहिले 'संस्थापन वा विस्थापन' तथा 'इतर वा भितर' जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भनेका छन्, 'कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको भावना पार्टी विभाजन होइन, बलियो र एकताबद्ध कांग्रेस निर्माण गर्ने हो। नेतृत्वले उनीहरूको आवाज सुन्नुपर्छ र सम्मान गर्नुपर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)