विद्युत्मा लगाएको कर खारेजको माग गर्दै हस्ताक्षर अभियान सुरु
baahrakhari.com · Mon Aug 17 08:49:54 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीले सरकारले विद्युत्मा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युत्मा लगाएको कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो ।
काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा कर लगाइएको भन्दै कर खारेज गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)