बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा, नयाँ सरकार गठनको तयारी
kendrabindu.com · Mon Aug 17 08:53:09 GMT 2026

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
राजीनामाअघि बानियाँले आफ्नो एकवर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रस्तुत गरे। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)