बानियाँले छाडे बागमतीको मुख्यमन्त्री पद, एमाले–नेकपालाई सरकार बनाउन आग्रह
aarthiknews.com

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट मार्गप्रशस्त गरेको घोषणा गरेका हुन्। प्रदेशसभा बैठकको रोस्ट्रमबाट राजीनामाको घोषणा गरेका बानियाँले त्यसलगत्तै प्रदेश प्रमुखसमक्ष पुगेर राजीनामा पत्र बुझाउने बताएका छन्।
सत्ता साझेदार नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। त्यसपछि उनले सरकार जोगाउन आवश्यक बहुमत जुटाउने प्रयास गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)