भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान
ratopati.com · Mon Aug 17 09:10:03 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार सेठलाई उक्त सम्मान गरिएको हो। तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपराह्न काठमाडौँ आइपुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)