रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन्।
सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनबारे जानकारी गराउँदै सडक खन्दा गएको पहिरोको माटो शिरानमा थुप्रिएको र सो क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको देखिएको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)