इन्डोनेसिया भूकम्प : १२ हजारभन्दा बढी विस्थापित
nepalnews.com · Mon Aug 17 09:29:17 GMT 2026

काठमाडाैँ। पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन्। घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन्।
सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन्। हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)