विमल इलायची विज्ञापन विवादमा शाहरुखको पुराणा बयान चर्चामा
nagariknews.nagariknetwork.com · Mon Aug 17 09:25:25 GMT 2026

विमल इलायची विज्ञापन विवादमा शाहरुखको पुराणा बयान पूनः चर्चामा आएको छ। भारतको महाराष्ट्र फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले विमल इलायची पान मसालाको विज्ञापनलाई लिएर बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रफलाई कारण देखाऊ नोटिस जारी गरेको छ। एफडीएको आरोप अनुसार ‘विमल इलायची’को विज्ञापनमार्फत महाराष्ट्रमा प्रतिबन्धित ‘विमल पान मसाला’को अप्रत्यक्ष प्रचार भइरहेको छ।
उक्त घटनापछि स्वास्थ्यका लागि हानिकारक मानिने उत्पादनको विज्ञापनमा कलाकारको भूमिकालाई लिएर शाहरुख खान र अजय देवगनका पुराना भनाइहरू फेरि चर्चामा आएका छन्। दुवै कलाकारले यसअघि नै कुनै उत्पादन स्वास्थ्यका लागि हानिकारक भए त्यसको उत्पादन र बिक्रीमै रोक लगाउनुपर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)