नामी इन्टरनेशनल स्कुलद्धारा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत
reportersnepal.com · Mon Aug 17 09:48:06 GMT 2026

काठमाडौ । जोरपाटी स्थित नामी इन्टरनेशनल स्कुलले कक्षा ११ मा नयाँ भएका नव आगन्तुक विद्यार्थीहरुलाई एक भब्य कार्यक्रम आयोजना गरि स्वागत गरेको छ । श्रावण ३१ आइतबार कमलादीस्थित एकेडेमी हलमा आयोजित स्वागत समारोहमा नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो ।
विविध कार्यक्रमहरु संचालन गरि कक्षा १२ का विद्यार्थीहरूले स्कुलमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई संगीत, नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूमार्फत स्वागत गरिएको थियो । विभिन्न नृत्यहरु प्रस्तुतिसंगै हास्यब्यङ्ग्य, खानपिन र आपसी अन्तरक्रियाले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । यसले नयाँ विद्यार्थीहरूलाई आफ्ना सिनियर तथा साथीहरूसँग परिचित हुने अवसरसमेत प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)