ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पाए चार सल्लाहकार, टोलीले पायो पूर्णता
bishowkhabar.com · Mon Aug 17 09:48:17 GMT 2026

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूह चार सदस्यीय बनेको हो ।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार८८, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिएको थियो । नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)