साम्प्रदायिक घटनामा सरकारले विभेदपूर्ण व्यवहार गर्यो : अभिशेकप्रताप साह
ratopati.com · Mon Aug 17 10:00:18 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका उपनेता अभिशेकप्रताप साहले देशका विभिन्न स्थानमा भइरहेका साम्प्रदायिक घटनामा सरकारले विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा २०८२ चैत ७ गते भएको साम्प्रदायिक तनाव र हालै सुनसरी तथा सिरहामा भएका घटनाको प्रकृति समान भए पनि राज्यको उपस्थिति, राहत तथा न्याय सम्पादनमा फरक व्यवहार भएको दाबी गरेका छन्। एउटा घटनामा सरकारले अस्वाभाविक तदारुकता, राहत, क्षतिपूर्ति र कारबाहीमा तत्परता देखाएको तर कपिलवस्तु घटनामा मौनता, उदासीनता र फितलो अनुसन्धान गरेको आरोप उनले लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)