अदालतको आदेश विपरीत वीरगन्जको भवन भत्काइएको भन्दै टेलिकमको गम्भीर आपत्ति
clickmandu.com · Mon Aug 17 10:18:05 GMT 2026

वीरगञ्ज । उच्च अदालतको अन्तरिम आदेश विपरीत सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालय भवन भत्काएको छ। अदालतले सडक विस्तारको कार्य तत्काल नगर्न/नगराउन आदेश दिएको भए तापनि सडक डिभिजनले डोजर प्रयोग गरेर भवन भत्काएपछि नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय पर्सा लगायतलाई विपक्षी बनाई गत साउन २८ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले साउन २९ गते वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)