संसद्को कार्यसूचीबाट हट्यो राहदानी विधेयक अघि बढाउने विषय
onlinekhabar.com · Mon Aug 17 10:21:52 GMT 2026

१ भदौ, काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठकमा अगाडि बढाउने गरी तय भएको राहदानी विधेयकमाथिको छलफल कार्यसूचीबाट हटेको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डिपी)ले परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाइएको बताए । अन्य कार्यसूची भने अगाडि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)