कृषि, पशुपन्छी र जडिबुटी बीमाको प्रिमियम अनुदान कार्यविधि संशोधन
aarthiknews.com

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषि, पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउनेसम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ। मन्त्रालयले ‘कृषि, पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि, २०८३’ भदौ १ देखि कार्यान्वयनमा ल्याएको हो।
मन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको कार्यविधिले यसअघिको व्यवस्थाको तुलनामा बीमा प्रिमियममा अनुदान उपलब्ध गराउने प्रक्रियालाई सरलीकरण गरेको मन्त्रालयले जनाएको छ। साथै, कार्यविधिले कार्यक्रम कार्यान्वयनमा संलग्न सरोकारवाला व्यक्ति तथा निकायको जिम्मेवारीसमेत स्पष्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)