बागमतीमा मुख्यमन्त्री बानियाँको राजीनामासँगै नयाँ सरकार गठनको बाटो खुल्यो
ratopati.com · Mon Aug 17 10:52:17 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भभएको छ । तरल अवस्थाको राजनीतिक परिस्थितीमा मुख्यमन्त्री बानियाँको राजीनामाले प्रदेशको राजनीति नयाँ मोडलाई नयाँ दिशा दिएको हो ।
सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले सोमबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेर प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष राजीनामा बुझाएका हुन् । १३ महिना लामो कांग्रेस नेतृत्वको सरकार ढलेसँगै अब बागमतीमा नयाँ सरकार गठनको संवैधानिक र राजनीतिक रस्साकस्सी अघि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)