झण्डै ढाइ महिनापछि हट्यो सदनमा विपक्षीको अवरोध
nepallive.com · Mon Aug 17 10:57:32 GMT 2026

काठमाडौं — प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सोमबारबाट हटेको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि विपक्षी सांसदहरू आफ्नो विरोधबाट पछि हटेका हुन्।
सोमबार बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू विगतका बैठकमा झैँ उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै लामो समयदेखि भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)