सरकारले आफूले ल्याएको १०० बुँदे कार्यसूचीमा फेल भयो : प्रदीप पौडेल
ratopati.com · Mon Aug 17 11:14:32 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफूले ल्याएको १०० बुँदे कार्यसूचीमा फेल भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले सरकारले निकै कम नम्बर ल्याएको टिप्पणी गरे । राजनीतिक नियुक्तिमा सरकारले नीति नफेरी व्यक्ति मात्रै फेरेको उनको आरोप छ ।
‘कुनै पनि मन्त्रालयको कार्यशैली फेरिएको छैन, सरकारले हरेक नागरिकलाई तर्साएको छ,’ उनले भने, ‘सरकारसँग डराएका नागरिकले अहिले कांग्रेसको सहारा खोजिरहेका छन् । तर, के कांग्रेस उनीहरूको पक्षमा बोल्न सक्ने स्थितिमा छ ? के कांग्रेस सशक्त छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)