नेप्से परिसूचक सामान्य अंकले घट्यो
himalpress.com · Mon Aug 17 11:11:30 GMT 2026

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अंकले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य आठ अंकले घटेर ४६३ दशमलव ६४ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४७ अंकले घटेर १८१ दशमलव २८ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ४९ अंकले घटेर १५६ दशमलव ६४ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)