ब्रोकरसँग भेटेर लगानीकर्ताको हित हुँदै – अध्यक्ष केसी
arthasansar.com · Mon Aug 17 11:12:42 GMT 2026

नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसीले लगानीकर्ताको सरोकारको विषयमा ब्राकरसँग छलफल गरेर समाधान ननिस्किने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा अध्यक्ष केसीले ब्रोकर र ब्रोकर कम्पनीमा लगानी भएका व्यक्तिहरुसँगको छलफलले पुँजीबजारमा सुधार हुन नसक्ने बताएका हुन् ।
प्रधानमन्त्रीले नै पुँजी बजारका विषयमा चासो लिए पनि लगानीकर्ता नभएर ब्रोकरसँग भेटघाट मात्रै भएको र लगानीकर्तामा विश्वासको वातावरण बन्न नसकेको उनको भनाइ छ । नीति जसका लागि हुनुपर्ने हो त्यस्तो हुन नसकेको उनले बताए । ‘नीति लगानीकर्ताका लागि हुनुपर्ने हो । नीति कस्ता आवश्यक हुन्छन् भनेर लगानीकर्तासँग छलफल हुनुपर्ने थियो तर, अहिले ब्रोकरसँग छलफल भइरहेको छ । यसले बजारमा सुधार हुन सक्दैन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)