पहिरो नियन्त्रणका लागि राम्चेको ४० हेक्टर जमिनमा ड्रोनबाट छरियो अम्रिसोको बीउ
techpana.com · Mon Aug 17 11:14:39 GMT 2026

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका-५ स्थित राम्चेमा पहिरो नियन्त्रण तथा हरियाली पुनर्स्थापनाका लागि ड्रोनको प्रयोग भएको छ । डिभिजन वन कार्यालयको अनुरोधमा डब्लूडब्लूएफ नेपालको ‘ट्रिपल बेनिफिट प्रोग्राम’ अन्तर्गत उक्त क्षेत्रमा गत बिहीबारदेखि आइतबारसम्म तीन दिन लागाएर अम्रिसोको बीउ रोपिएको हो । यस कार्यका लागि जिओभेसन नेपालले आवश्यक प्राविधिक जिम्मेवारी सम्हालेको थियो ।
पहिरो प्रभावित करिब ४० हेक्टर क्षेत्रफलमा अम्रिसोको बीउका साथै जैविक मल र ढुसीनाशक जैविक विषादीसमेत छरिएको छ । राम्चेमा भूक्षय हुने क्रम नरोकिँदा ४२ घरधुरी रहेको बस्ती अहिले उच्च जोखिममा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)