नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
ratopati.com · Mon Aug 17 11:29:58 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
शुक्रबार राप्ती नगरपालिका–१ मा देखिएको अन्दाजी चार वर्षको भाले बाघलाई आइतबार बिहान डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । उनका अनुसार अहिले निकुञ्जले समस्या ग्रस्त बाघहरु नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ । हाल निकुञ्जका खोरमा सात वटा बाघ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)