‘कार्की साइँला’ को पहिलो झलक: दुलही खोज्ने मिसनमा जितु नेपाल
kalakarmi.com · Mon Aug 17 11:26:23 GMT 2026

काठमाडौं– अगामी असोज २ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्की साइँला’ को टिजर सार्वजनिक भएको छ । अभिनेता जितु नेपालको प्रमुख भुमिका रहेको फिल्म ८‘कार्की साइँला’मा पहिलो झलकले गाउँको सामान्य युवाको संघर्ष, सामाजिक दबाब र विवाहको रोचक कथालाई केन्द्रमा राखेको संकेत दिएको छ।
टिजरमा भारी बोकेर जीविकोपार्जन गर्ने मुख्य पात्रलाई अविवाहित भएको भन्दै साथीहरूले बारम्बार जिस्क्याउने दृश्य देखाइएको छ। त्यसपछि उनी ‘सात दिनभित्रै विवाह गरेर देखाउने’ अठोट गर्छन्, जसले फिल्मको मुख्य द्वन्द्व र कथालाई अघि बढाउने संकेत गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)