हराएका ब्यक्ति ११ दिनपछि फेला
annapurnapost.com · Mon Aug 17 11:37:14 GMT 2026

रसुवा : कालिका गाउँपालिकाबाट हराएका एक व्यक्तिलाई ११ दिनपछि प्रहरीले बेहोस अवस्थामा फेला पारी उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिका वडा नम्बर २ लामाटोलका ३४ वर्षीय वीरबहादुर स्याङ्वा गत साउन २० गते राति परिवारमा कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए ।
उनी घर नफर्किएपछि आफन्तले खोजतलासका लागि साउन २१ गते इलाका प्रहरी कार्यालय कालिकास्थानमा हुलियासहित निवेदन दिएका थिए । खोजीका क्रममा उत्तरगया गाउँपालिका–५ स्थित पहरेखोला किनारमा स्थानीयले घाँस काट्ने क्रममा स्याङ्वालाई बेहोस अवस्थामा फेला पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)