पहिरोको जोखिमका कारण टोखा–छहरे सडक खण्डमा राति गाडी चलाउन रोक
ukeraa.com

काठमाडौं : लगातारको वर्षाका कारण सडकमा पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट नुवाकोट र रसुवा प्रवेश गर्ने मुख्य सडकमार्गको रूपमा रहेको नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै शिवपुरी गाउँपालिका वडा नं. ८ घट्टेखोला क्षेत्रमा वर्षाका कारण अचानक लेदोसहितको पहिरो आई सडक अवरुद्ध हुने जोखिम बढेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)