प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख धीरज सेठबीच भेटवार्ता
annapurnapost.com · Mon Aug 17 12:04:59 GMT 2026

काठमाडौं : प्रधानसेनापति अशोक राज सिग्देल र भारतीय सेना प्रमुख जनरल धीरज सेठबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख सेठले सोमबार जंगी अड्डामा प्रधानसेनापति सिग्देलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल-भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)