प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
barnanmedia.com · Mon Aug 17 11:59:27 GMT 2026

काठमाडौँ, १ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविका र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले ग्यास अभाव, बाढीपहिरो, बाढीपहिरो प्रभावितको अवस्था, बाढीले सडक अवरुद्ध, मलखाद अभावलगायत जनजीविका र जनसरोकारका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद जगतप्रसाद जोशीले सरकारी कार्यालयमा पटकपटक ‘सर्भरडाउन’ हुँदा सर्वसाधारणले सास्ती पाएकाले भरपर्दाे, वैकल्पिक र विश्वनीय सर्भर प्रणालीको विकास गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगतराज गिरीले बाजुराको त्रिवेणी गाउँपालिकामा बाढीपहिरोबाट प्रभावितको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)