औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता
ratopati.com · Mon Aug 17 12:12:52 GMT 2026

काठमाडौँ । महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा व्यापक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७९/०८० मा भएको खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत काम गरेको भन्दै आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, लेखापाललगायत कर्मचारी र आपूर्तिकर्ताहरूलाई विपक्षी बनाएर आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)