संसद् बैठकमा आउन छोडेपछि रास्वपाले सांसदलाई अनुपस्थितिको फारम अनिवार्य गर्यो
nepalviews.com · Mon Aug 17 12:13:39 GMT 2026

काठमाडौं । संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थाबारे पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनअनुसार अब कुनै कारणले संसद् बैठकमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो पुग्ने, बैठकबीचमै बाहिरिनुपर्ने वा बाहिर गएर पुनः बैठकमा फर्किनुपर्ने अवस्थामा अनिवार्य रूपमा ‘संसद् बैठक अनुपस्थित आवेदन’ फारम भर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)