'यूएसएस अब्राहम लिंकन' संकट के हो ?
nepalviews.com · Mon Aug 17 12:18:25 GMT 2026

काठमाडौं । मध्यपूर्वमा यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोतको करिब नौ महिनादेखिको निरन्तर तैनाथीले त्यसमा कार्यरत चालक दलबीच मानसिक स्वास्थ्य संकट निम्त्याएको छ । केही अमेरिकी सञ्चारमाध्यमका अनुसार तनाव यति बढेको छ कि केही नौसैनिकले समुद्रमा हाम फाल्ने प्रयाससमेत गरेका छन् ।
खाडी क्षेत्रमा रहेको बताइएको उक्त विमानवाहक युद्धपोतमा कार्यरत थकित सैनिकका परिवारका सदस्यहरूले खाद्यान्न अभाव रहेको बताएका छन् । बिग्रिएका शौचालय र नुहाउने ठाउँका कारण अस्वच्छ अवस्था सिर्जना भएको र त्यसले स्वास्थ्यमा समेत असर पारेको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)