गगनको दाबी : घरअगाडि गाडी तेर्स्याउने व्यक्ति प्रहरी
khabarhub.com · Mon Aug 17 12:45:54 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो घर अगाडि गाडी तेर्स्याउने व्यक्ति नेपाल प्रहरी भएको दाबी गरेका छन्। आफ्नो परिवार गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जाँदा प्रहरीको गाडी भएको आफूले थाहा पाएको उनले जानकारी दिए । पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा गगनले यस्तो दाबी गरेका हुन् ।
‘मेरो परिवारका सदस्यहरु गाडी कसले छोडेको हो भनेर बुझ्न जाँदा चलाएर ल्याउने व्यक्ति प्रहरी भएको थाहा भयो । केही समयअघि मेरो जलाइएको घरको गेटमा एउटा प्राइभेट गाडी राखियो । त्यो गाडी कसको थियो थाहा भएन । निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन भन्नेमा म सचेत थिएँ ।’ उनले भने, ‘दिउँसो त्यो गाडी उठाएर ट्राफिक कार्यालय लगियो । मेरो परिवारका सदस्यहरु गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जानुभयो । त्यो थाहा पाउने हाम्रो हक थियो । तर कसको गाडी हो भनेर बताइएन । एकछिनपछि एकजना व्यक्ति त्यो गाडी मैले चलाएर लगेको भन्दै आउनुभयो । उहाँको परिचय खोज्दै जाँदा प्रहरी भएको थाहा भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)