नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ
baahrakhari.com · Mon Aug 17 12:52:56 GMT 2026

काठमाडौं । लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ ।
भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो । जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बी०३ एक्स इलेक्ट्रिक एसयुभी रह्यो । बी ०३ एक्स सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटरसम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक लेभल टु एडीएएस सुरक्षा प्रविधिका कारण अटो शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)