नेपाल-चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
corporatenepal.com · Mon Aug 17 13:05:39 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।
सो अवसरमा महासंघ, चिनियाँ दूतावास, सीसीपीआईटी तथा चिनियाँ प्रान्तीय वाणिज्य संघबीच नियमित संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम र निर्यात प्रवद्र्धनमा केन्द्रित कार्यक्रम अघि बढाउने विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)