रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, ६ जनाको मृत्यु
barnanmedia.com · Mon Aug 17 13:08:12 GMT 2026

रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । बेल्गोरोदका कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले सोमबार उक्त जानकारी दिएका हुन् ।
शुभाएभका अनुसार युक्रेनको सीमाबाट करिब १५ किलोमिटर टाढा पर्ने भालुइस्की जिल्लाको कोलोस्कोभो गाउँमा क्षेप्यास्त्र प्रहार भएको थियो । आक्रमणबाट एउटा संरचनामा आगलागी हुनुका साथै एउटा सवारीसाधनमा क्षति पुगेको उनले रुसी सरकारी सञ्चारमाध्यम ‘म्याक्स’ मार्फत जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)