पुरुष क्याबिनेटमा गीताको इन्ट्री : १७ वर्षमा भूमिगत, ४० वर्षमा सांसद, ४४ वर्षमा मन्त्री !
ratopati.com · Mon Aug 17 13:22:12 GMT 2026

विराटनगर । २०८३ असार २० गतेको कोशी प्रदेशसभामा सांसद गीता तिम्सिनाले प्रदेश सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै मन्त्रिपरिषद्को नेतृत्व महिलालाई सुम्पिन चुनौती दिएकी थिइन् ।
विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै तिम्सिनाले हिक्मतकुमार कार्कीको मन्त्रीपरिषद बैठकलाई ‘भाले क्याबिनेट’को संज्ञा दिइन् र भनिन् हामीलाई यो मन्त्रीपरिषद जिम्मा दिनुहोस् । ‘अब एक वर्ष कार्यकाल बाँकी होला, यो भाले क्याबिनेटले छाडेर हामी महिलालाई दिनुहोस्,’ उनले भनेकी थिइन्, ‘यो प्रदेश सरकार तपाईंहरूले भन्दा धेरै राम्रोसँग चलाएर, प्रदेशवासीले प्रशंसा गर्ने गरी देखाइदिन्छौँ । हामी चुनौती स्वीकार्न तयार छौँ, तपाईंहरू तयार हुनुहुन्छ ? ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)