ट्युबवेल खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
arthadabali.com · Mon Aug 17 13:15:44 GMT 2026

काठमाडौँ / महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाकल) खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जना तथा सम्बन्धित आपूर्तिकर्ताविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी स्वीकृत गर्ने, एउटै प्रकृतिका खरिदलाई विभिन्न विधिबाट टुक्र्याएर प्रतिस्पर्धा सीमित गर्ने र आपूर्तिकर्तासँग मिलेमतो गरी खरिद प्रक्रिया अघि बढाइएको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)