इमाडोलमा भायानेटको पूर्ण-सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा
kendrabindu.com · Mon Aug 17 14:14:26 GMT 2026
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि. ले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको भायानेटले ग्राहकहरूको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीय रूपमा यही शाखाबाट उपलब्ध गराउने भएको हो । यससँगै इमाडोल तथा आसपासका ग्राहकहरूले आवश्यक सेवा अझ छिटो र सहज रूपमा आफ्नै क्षेत्रमा प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)