'नेपालले खेलकुदमा लगानी गर्दा स्वास्थ्य क्षेत्रमा हुने खर्च बचत हुन्छ'
ratopati.com · Mon Aug 17 14:45:00 GMT 2026
काठमाडौँ । यो हप्ता आईटीएफ युनियन तेक्वान्दोको अध्यक्ष वरिष्ठ ग्रान्डमास्टर डोन डाल्टन नेपाल भ्रमणमा थिए । मार्सल आर्ट्सको सर्वोच्च श्रेणीअन्तर्गत नवौं डान ब्लाक बेल्ट प्राप्त मास्टर रहेका डाल्टनले तेक्वान्दो अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्स (आईआईसी) सेमिनारमा प्रशिक्षणसमेत दिएका छन् ।
देशभरबाट छनोट भएका १ सय २ जना वरिष्ठ प्रशिक्षक तथा खेलाडीलाई आठ घण्टासम्म आईटीएफ तेक्वान्दोको अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसार उनले प्रशिक्षण दिए । डाल्टन अहिले ५० भन्दा बढी देशहरू आबद्ध रहेको अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेसन युनियनको अन्तर्राष्ट्रिय अध्यक्ष छन् । सन् १९८५ देखि आयरल्यान्डको ट्रालीमा निरन्तर मार्सल आर्ट्स सिकाउँदै आएका डाल्टनले विश्वभर प्राविधिक सेमिनार र प्रशिक्षणहरू सञ्चालन गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)