बर्दियामा बुवाको हत्या आरोपमा १९ वर्षिय छोरा पक्राउ
nepalpress.com · Mon Aug 17 15:05:47 GMT 2026

रुपन्देही । बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवालाई हत्या गरेको अभियोगमा १९ वर्षका छोरा पक्राउ परेका छन् । गेरुवा गाउँपालिका ५ जुगुतपुर बस्ने १९ वर्षिय सरगम आचार्यले ४९ वर्षिय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)