एमालेको विवादले सत्तारोहणमा सकस : दल नेता परिवर्तनमा शीर्ष तह सक्रिय
ratopati.com · Mon Aug 17 15:10:36 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ । तर, सत्ताको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेभित्र चुलिएको आन्तरिक विवादले नयाँ सरकार गठन गर्न वाम गठबन्धनलाई सकस देखिएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)