खेलाता प्रयोग गरेर सरकारले मलाई समात्यो : पत्रकार श्रेष्ठ
annapurnapost.com · Mon Aug 17 15:39:40 GMT 2026

काठमाडौं : पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीका आवाज मास्न हुकुमी शासन चलाएको बताएका छन्। सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए।
आफ्नो पक्राउलाई श्रेष्ठले पेशागत धर्म निर्वाह गर्ने क्रममा राज्यले लिएको 'बदलाको कारबाही' भनेका छन्। जनआस्थाले लेखेका समाचारहरू गलत भएमा खण्डन गर्नसमेत उनले चुनौती दिए। सरकारले जनआस्थाविरुद्ध खेताला प्रयोग गरेको जिकिर गर्दै उनले सामाजिक सञ्जालमा आफैं रंगिएका व्यक्तिहरू खडा गरी आफूलाई पक्राउ गरिएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)