रिहा भए पत्रकार किशोर श्रेष्ठ
baahrakhari.com · Mon Aug 17 15:43:19 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ रिहा भए भएका छन् । सर्वोच्च अदालतको आदेशसँगै पत्रकार श्रेष्ठ सोमबार राति रिहा भएका हुन् ।
सर्वोच्चले पत्रकार श्रेष्ठलाई रिहाइ गर्न परमादेश जारी गरेको थियो । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइ गर्न प्रहरीको नाउमा परमादेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)