सरकारी बक्यौता असुली
ratopati.com · Mon Aug 17 16:01:41 GMT 2026

बागमती। लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता रु १० करोड असुली भएको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो।
औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूको सङ्ख्या ६० भन्दा बढी रहेको छ। हेटौँडा औद्यागिक क्षेत्रमा कूल १४७ वटा उद्योग छन्। कार्यालयले बक्यौता नबुझाएका ६० भन्दा बढी उद्योगको लाइन काटिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)