१४ किलो अफिमसहित दुई जना पक्राउ
annapurnapost.com · Mon Aug 17 16:05:02 GMT 2026

काठमाडौं : प्रहरीले हवाई फायर गरी अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ बाट लागू औषध अफिम चोप कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नं. १ का ४३ बर्षिय कर्ण बहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ घर भएका ६० बर्षिय टोपजंग गिरि रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)