उकालो अनलाइनको कार्यालयमा चोरी
ratopati.com · Mon Aug 17 16:12:49 GMT 2026

काठमाडौँ । अनलाइन समाचार पोर्टल उकालो डटकमको कार्यालयमा चोरी भएको छ । हाँडीगाउँ स्थित अनलाइनको कार्यालयमा चोरी भएको भन्दै सो अनलाइनको व्यवस्थापनले प्रहरीमा उजुरी दिएको छ ।
आइतबार चोरीबारे अनुसन्धान गर्न भन्दै निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । प्रहरी वृत्त मालिगाउँमा परेको उजुरीबारे सो युनिटले अनुसन्धान गरिरहेको छ । शनिबार ३ जना आएर सीसीटीभीको हार्डडिस्क लगेको र भोलिपल्ट थप सामग्री चोरी भएको निवेदनमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)