पत्नीसँगको झगडापछि थाइल्याण्डमा गोविन्दाको मस्ती, भिडियो भाइरल
nagariknews.nagariknetwork.com · Mon Aug 17 16:16:34 GMT 2026

बलिउड अभिनेता गोविन्दा हाल आफ्नो व्यक्तिगत जीवन र श्रीमती सुनिता आहुजासँगको बढ्दो विवादका कारण चर्चामा छन्।
यसैबिच, थाइल्याण्डको पटायास्थित एक क्लबमा गोविन्दा नाचिरहेको नयाँ भिडियो सार्वजनिक भएको छ। भारतको स्वतन्त्रता दिवसको एक कार्यक्रममा गोविन्दा ९० को दशकका चर्चित गीतहरूमा झुमिरहेको देखिएका हुन्। कालो र सेतो औपचारिक सुटमा सजिएका उनले त्यहाँ उपस्थित दर्शक र पृष्ठभूमि नर्तकहरूसँग आफ्ना सिग्नेचर डान्स स्टेप्स प्रस्तुत गरेका थिए। भाइरल भएको उक्त भिडियोमा गोविन्दा आफ्ना सुपरहिट फिल्मका गीत 'सोनी दे नखरे' र 'सोने लगडे' मा पूर्ण उत्साहका साथ नाचिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)