‘ह्वावे वाच फिट ५ प्रो’ नेपाली बजारमा सार्वजनिक
baahrakhari.com · Mon Aug 17 16:36:13 GMT 2026

काठमाडौं । ह्वावेले आफ्नो नयाँ स्मार्टवाच ‘ह्वावे वाच फिट ५ प्रो’ आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा ह्वावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले यो स्मार्टवाच सार्वजनिक गरेको हो । प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी, फिटनेस तथा स्मार्ट फिचरसहितको यो स्मार्टवाच सार्वजनिक भएको हो ।
लन्चलाई अझ विशेष बनाउन ह्वावेले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ । यो स्मार्टवाचको खरिदमा सीमित अवधिका लागि ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने ‘ह्वावे फ्रिबड्स एसई–२’ निःशुल्क पाइने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)