मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो
arthadabali.com · Mon Aug 17 17:23:07 GMT 2026

गोरखा / जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए ।
गत वर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उनले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको सङ्क्रमण बढेको जानकारी दिए । गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको सङ्क्रमण कम हुने भन्दै उनले पानीमा भिजेको बीउ प्रयोग गरिएकाले समस्या देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)