सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण
barnanmedia.com · Mon Aug 17 21:15:00 GMT 2026

भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ । फोहोर फाल्ने ठाउँ भए पनि यसको सेतो भू–दृश्य हिउँले ढाकिएको उपत्यकाजस्तो देखिने भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ ।
उत्तरपश्चिमी राज्य राजस्थानको प्रमुख सङ्गमरमर प्रशोधन केन्द्र किशनगढमा ८२ एकड अर्थात् ३३ हेक्टर क्षेत्रमा फैलिएको यो फोहोर व्यवस्थापन स्थलमा दैनिक पाँच हजार ५०० टनभन्दा बढी सङ्गमरमरको घोल र ढुङ्गा जम्मा हुने गरेको छ । यहाँ एक हजार २०० भन्दा बढी प्रशोधन एकाइबाट सङ्गमरमर तथा ग्रेनाइट काट्ने र पालिस गर्ने क्रममा निस्किएको फोहोर ल्याइन्छ । यो एसियाकै ठूलो फोहोर व्यवस्थापन क्षेत्रमध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)