ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको १ लाख ५ हजार ५०० पुग्यो
mahendranagarpost.com · Wed Mar 09 09:01:55 GMT 2022
काठमाडौं – बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो।
अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ। २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो । यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)