प्रतिनिधि सभा बैठक बस्दै, चार मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
nagariknews.nagariknetwork.com · Tue Aug 18 00:38:45 GMT 2026

सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन्। यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)